सत्ता समीकरणबारे निर्णय गर्न जसपा शीर्ष नेताको बैठक

काठमाडौँ : सत्ता जोगाउन र नयाँ सरकार बनाउन तानातानमा परेको जनता समाजवादी पार्टीले पार्टीको आधिकारिक धारणा तय गर्न शीर्ष नेताहरुको बैठक राखेको छ । आजको शीर्ष नेताहरुको बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । ‘नेताहरु छलफलमा हुनुहुन्छ,’ जसपाका नेता केशव झाले भने, ‘आजको बैठकले केही निर्णय पक्कै गर्छ ।’
सर्वाेच्च अदालतले एकीकरणपछि नेकपा बनेका नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पुर्याइदिएपछि प्रतिनिधि सभामा अंकगणितको खेल सुरु भएको छ । त्यसको लागि जसपा अहिले निर्णायक देखिएको छ । आजको बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो सहभागी रहेको बताइएको छ ।
जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले सरकारी पक्षसँग एकलौटी छलफल गरेको भनेर पार्टीभित्र आलोचना पनि भइरहेको छ । मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले पार्टीको मुद्दा सम्बोधन गर्नेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग जसपाका शीर्ष नेताहरुले भेट गरेका थिए । ठाकुरको टोलीले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेको छ ।
आजको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारे साझा धारणा बनाउने पनि बताइएको छ । जसपाले रेशम चौधरीमाथिको मुद्दा खारेज गरेर रिहाइ गर्नुपर्ने, संविधान संसोधन गर्नुपर्ने, तत्कालिन मधेश आन्दोलनमा होमिएकाहरुमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने मागलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

जलस्रोत विधेयक, २०८० प्रतिनिधिसभावाट बहुमतले पारित

एमालेबिरूद्द भ्रम छरिएको छ, चिर्न लाग्नुहोस्: ओली

‘प्रांगारिक प्रदेश’ बनाउने योजनासहित लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

प्रतिक्रिया