इजरायली प्रधानमन्त्रीले पहिलो पटक यूएईको औपचारिक भ्रमण गर्ने
जेरुसेलम : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई)को औपचारिक भ्रमण गर्ने भएका छन् । दुई देशका बीचमा आपसी सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमति भएकाले बिहीबार उहाँले यूएईको भ्रमण गर्ने भएका हुन् ।
नेतान्याहुका एक जना उच्च सरकारी अधिकारीले उनको भ्रमण निश्चित भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले यसअघि नै यूएईसँगै बहराइनको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि इजरायलमा लकडाउन कायमै रहेको र विमान सेवासमेत बन्द भएकाले उहाँले त्यतिबेलाको भ्रमण स्थगित गरेका थिए ।
'यूएईका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकार गर्दै भ्रमणमा जान लाग्नु भएको हो, भ्रमण दुई देशबीचको सम्बन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि गरिएको छ,' नेतान्याहुको कार्यालयका एक उच्च अधिकारीले भनेका छन् ।
सन् २००९ देखि लगातार इजरायली राजनीतिको केन्द्रमा रहनु भएका नेतान्याहुको भ्रमणलाई विश्वभरीबाट महत्व र चासोका साथ हेरिएको छ । भ्रमणका क्रममा उहाँले यूएईका नेता शेख मोहम्मद बिन जायद अल नाह्यानलाई अबुधाबी विमानस्थलमा भेट्नुहुने छ । उनले जेरुसेलममा फर्केपछि हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया