निकारागुवाको चिनान्डेगा शहर ज्वालामुखीको धुलोले ढाकियो

मानागुवा : मध्य-अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी बिस्फोट हुँदा चिनान्डेगा शहर र त्यसको आसपासको क्षेत्रको आकाश धुँवा र धुलोले ढाकिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मङ्गलबारको उक्त बिस्फोट निकै शक्तिशाली रहेको र आकाशमा धुँवा र खरानीजस्तै धुलो १७ किलोमिटरसम्म फैलिएको थियो ।
सान क्रिस्टोबलमा सामान्यतया वर्षैभरि ज्वालामुखी सक्रिय हुने गर्दछ । स्थानीय पत्रकार कारोल अल्टामिरानोले धुँवा र धुलोका कारण किसानको धान, तरकारी र फलफूल तथा गाईबस्तुका चरन सबै खैरो धुलोले ढाकिएको जानकारी दिए । इनेटर अध्ययन इन्स्टिच्यूटले ज्वालामुखीको तिब्रता आगामी दिनमा घट्ने र जनजीवनमा त्यति खतरा उत्पन्न नहुने बताएको छ ।
यसपटकको ज्वालामुखी बिस्फोटबाट करिब ३० मिनेटसम्म धुँवा र धुलो आकाशमा आएको थियो । सडकमा गुडिरहेका सवारी साधनले प्रकाश मधुरो भएपछि दिउँसै बत्ती बाल्नु परेको थियो । किसानहरुले पानीका स्रोतलाई छोप्नुका साथै गाईबस्तुलाई सुरक्षित स्थानमा लगेका थिए । शहरमा मानिसले छाता ओढ्ने, टोपी लगाउने र अनुहारमा मास्क लगाउने गरेका थिए ।
करिब एक हजार ७४५ अग्लो सान क्रिस्टोबलको ज्वालामुखी क्षेत्र मध्य अमेरिकी क्षेत्रको सातौं हो । यो क्षेत्र राजधानी मानागुवादेखि उत्तरपश्चिम करिब १३२ किलोमिटर टाढा चिनान्डेगा क्षेत्रमा रहेको छ । (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया