सत्ता समीकरणबारे जसपा र माओवादीबीच मिलेन कुरा
महतो भन्छन् : ठोस प्रतिबद्धता नआएकाले कुनै निष्कर्ष निस्किएन

काठमाडौँ : सत्ता समीकरणका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)बीच भएको छलफल विनानिष्कर्ष सकिएको छ । बुधबार अपरान्ह माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएका दुई पार्टीका नेताहरूको छलफलमा कुनै सहमति नभएको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
‘हामीले जसले हाम्रा मुद्दा सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाउँछ । उसैलाई सहयोग गर्छौं, उधारो सहमतिमा सहयोग गर्दैनौं भन्यौं,’ महतोले इकागजसँग भने, ‘उहाँहरूले सहयोग गर्छौ भन्नुभयो । तर, ठोस कुरा केही नभएकाले बैठक कुनै निष्कर्षमा पुगेन ।
जसपाले पार्टीका निलम्बिन सांसद रेशम चौधरीको रिहाइ, २०४८ सालको निर्वाचनमा मतदाता नामावलीमा नाम रहेका सबै र उनीहरूका सन्ततीलाई नागरिकता दिइनु पर्ने तथा जलेश्वर घटनामा थुनामा राखिएका नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्नु पर्ने माग राखेको छ ।
आफूहरुले लिखित प्रतिबद्धता खोजेपनि त्यो माओवादीबाट आउने अवस्था आजको वार्तामा नदेखिएको महतोले बताए । ‘हामीले ठोस प्रतिबद्धता खोजेका थियौं । तर, उहाँहरूबाट त्यो प्रतिबद्धता आएन । हाम्रो अर्को पक्षसँग पनि कुरा भइरहेको छ । जसले हाम्रा माग पूरा गर्छ, हामीले त्यसैलाई सहयोग गर्छौं,’ महतोले भने ।
माओवादीले गठबन्धन सरकार निर्माणका लागि स्थायी समिति बैठकबाट निर्णय गरेर दलहरूसंग छलफल गरिरहेको छ । अध्यक्ष पुष्पकमल दाहालले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता समीकरणका विषयमा छलफल गरेका थिए । हिजै उनले जसपा संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया