ओली समूहको दमनविरुद्ध कडा प्रतिवाद गर्ने
सरकार टिकाउन सहयोग मागे मद्दत गर्ने

काठमाडौँ : नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले मुलुकभर गरिरहेको पार्टी कार्यालय क्याप्चर, गुण्डागर्दी र जबरजस्तीको कडा प्रतिवाद गर्ने भएको छ ।
समूहको बुधबार बानेश्वरमा बसेको बैठक जिल्ला जिल्लामा भइरहेको पार्टी कार्यालय कब्जाको कडा प्रतिवाद गर्ने निष्कर्षमा पुगेको सचिव भीमप्रसाद आचार्यले जानकारी दिए । ‘पार्टीभित्र जिल्ला-जिल्लामा पार्टी कार्यालय कब्जा गर्ने, गुटबन्दी गर्ने, जबरजस्ती समानान्तर क्रियाकलाप गर्ने जुन गतिविधि भइरहेका छन्,’ सचिव आचार्यले इकागजसँग भने, ‘त्यसको कडा प्रतिवाद हुन्छ । हामी त्यस्तो निष्कर्षमा पुगेका छौं ।’
अध्यक्ष ओली समूहले नियोजित रूपमा यस्ता क्रियाकलाप गरिरहेको यो समूहको निष्कर्ष छ । ‘आफूले गरिरहेको प्रतिगामी हर्कतलाई स्थापित गर्न संस्थापनबाट जबरजस्ती गर्ने कार्य भएपछि कसरी अगाडि बढ्ने भनेर हामी छलफलमा बसेका थियौं,’ आचार्यले भने, ‘भोलिसम्म हामीले औपचारिक निष्कर्ष नै निकाल्छौं । आजको बैठकमा हामी नियोजित रूपमा नै यसो गरिएको हो भन्नेमा पुगेका छौं ।’
सरकार टिकाउन सहयोग मागे मद्दत गर्ने
नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार टिकाउन मद्दत नै नमागेको भन्दै मागेमा सहयोग गर्ने बताएको छ । बैठकमा सरकार टिकाउन सहयोग मागेमा मात्रै मद्दत गर्ने भन्ने कुरा भएको आचार्यले बताए । ‘सरकार टिकाउन सरकार आफै लाग्नुपर्छ । हाम्रो मद्दत मागेमा हामीले सहयोग गर्ने हो,’ आचार्यले भने, ‘अहिलेसम्म मद्दतै मागिएको छैन, नमागी के सहयोग गरिरहनु पर्यो र ।’

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

जलस्रोत विधेयक, २०८० प्रतिनिधिसभावाट बहुमतले पारित

एमालेबिरूद्द भ्रम छरिएको छ, चिर्न लाग्नुहोस्: ओली

‘प्रांगारिक प्रदेश’ बनाउने योजनासहित लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रतिक्रिया