इन्टर मिलानलाई 'पोर्न साइट'को प्रायोजन प्रस्ताव

काठमाडौँ: इटालियन क्लब इन्टर मिलानलाई पोर्न साइट स्ट्रिपच्याटले प्रायोजन गर्ने प्रस्ताव गरेको छ । युरोपेली सञ्चार माध्यमहरुका अनुसार स्ट्रिपच्याटले इन्टरको मुख्य प्रायोजक हुन वार्षिक दुई करोड ३० लाखको सम्झौता प्रस्ताव राखेकाे हाे ।
इन्टरलाई पछिल्लो २७ वर्षदेखि टायर उत्पादक पिरेल्लीले प्रायोजन गर्दै आएको छ । तर इन्टर र पिरेल्लीबीचको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ । त्यसकारण इन्टर नयाँ प्रायोजकको खोजीमा रहेको छ ।
इटालियन लिग सिरी ए को शीर्षस्थानमा रहेको इन्टर आर्थिक समस्याको सामना गरिरहेको छ । त्यसैले पनि इन्टरलाई आर्थिक सहयोग गर्ने खाल्को प्रायोजकको आवश्यकता परिरहेको अवस्था छ । यसै सेरोफेरोमा इन्टरले स्ट्रिपच्याटको प्रस्ताव पाएको हो ।
इन्टरको मालिक रहेको चिनियाँ कम्पनी सुनिङले क्लबका लागि आर्थिक साझेदार पनि खोजीरहेको छ । इटालियन सञ्चार माध्यमले सुनिङले बीस करोड बराबरको सेयर बेच्न चाहिरहेको खबर प्रकाशित गरेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया