‘क्लियोपेट्रा’ बन्दै गल गडोट

विश्व इतिहासमा कामुक महिलाको रुपमा परिचित छिन् क्लियोपेट्रा । भनिन्छ, उनी जति सुन्दर र कामुक थिइन् त्योभन्दा ज्यादा चतुर, षडयन्त्रकारी र क्रुर थिइन् । मिश्रकी महारानीसमेत बनेकी क्लियोपेट्रा राजा महाराजालाई आफ्नो सुन्दरताले लठ्ठयाएर आफ्नो नियन्त्रणमा राख्थिन् ।
इतिहासकारका अनुसार उनले सर्पलाई आफ्नो वक्षस्थल ठुंगाएर आत्महत्या गरेकी थिइन् । रोमका राजा जुलियस सिजरसँग गहिरो प्रेममा रहेको भनिएकी क्लियोपेट्राका यस्तै विविध रहस्य उद्घाटन गर्ने गरी फिल्म बन्ने भएको छ । हलिउड अखबार डेडलाइनले छापेको खबर अनुसार ३५ वर्षकी गल गडोटले ‘क्लियोपेट्रा’को रुपमा अभिनय गर्नेछिन् ।
फिल्मलाई प्याटी जेन्किन्सले निर्देशन गर्नेछिन् । प्याटी र गलले दोस्रो पटक फिल्मका लागि सहकार्य गर्न लागेका हुन् । गल गडोटलाई ग्लोबल सुपरस्टार बनाउने ‘वन्डर वुमन’ प्याटीले नै निर्देशन गरेकी थिइन् । गलले इन्स्टामा फिल्म खेल्न लागेको खबर पुष्टि गर्दै पहिलो पल्ट इतिहासलाई महिलाको आँखाबाट वाचन गर्न लागिएको बताएकी छिन् ।
‘पर्दा भित्र र बाहिर दुवैबाट महिलाले महिलाको इतिहास वाचन गर्न लागेको यो पहिलो अवसर हो । यसले कथा बोकेर बसेका हरेक महिलालाई आफ्नो सपना पूरा गर्ने प्रेरणा दिन्छ,’ उनले इन्स्टामा लेखेकी छिन् । असअघि सन् १९९६ मा एलिजाबेथ टेलरले पछिल्लो पटक ‘क्लियोपेट्रा’को भूमिका निर्वाह गरेकी थिइन् । फिल्मले ४ वटा अस्कर जितेको थियो । त्यो भन्दा पहिला सन् १९३४ मा पनि उनको जीवनीमा फिल्म बनेको थियो ।

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_6mRlgE5nuZ_mzabpoyiblt9igbsjfvxcwdeyo5jhpttbbhstyvvbshq0lhz3qxfxqry8utx.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

प्रतिक्रिया