अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा कोइराला

झापा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे ।
'नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन,' उनले भने, 'संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।'
डा कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे । उनले कांग्रेसको १४ औँ महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको बताउँदै सोहीअनुरुप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए । रासस
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया