एजेण्डा तय गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं : शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गर्न नेपाली कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरुको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजे बस्ने बैठकमा भोलीको बैठकको एजेण्डा र नेता रामचन्द्र पौडेल समूहले बुझाएको १६ बुँदे मागपत्रका विषयमा छलफल हुने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । बैठकमा महाधिवेशनको मितिको खाका बनाउने र भोलीको बैठकमा पेस गरेर पास गर्ने विषयमा छलफहुने हुने साउदले बताए ।
कोभिड-१९ को महामारीले निर्धारित मितिमा महाधविशेन हुन सक्ने अवस्था नभएपछि सार्न सभापति देउवाले सहमति खोज्ने प्रयास गरिरहेका छन् । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिकासहितको मिति निर्धारण गरेको थियो । तर, कोभिडले त्यो कार्यलालिका अनुरुपको काम हुन सकेको छैन ।
सभापति देउवा मिति सारेर महाधिवेशन गर्ने पक्षमा छन भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अहिलेसम्म फागुन ७ को तालिका अनुसार कामहरु नभएकाले फागुन ७ मै गर्न सकिने अवस्था नरहेकाले उपयुक्त समय खोज्नुपर्ने बताइरहेका छन् ।
कांग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुढानीलकण्ठमा १ बजे बस्ने बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी र अन्य केही केन्द्रीय सदस्यहरु सहभागी हुने जानकारी दिए ।

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः थाकेको अल्छि सरकारको बासी का…

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको : ध्रुवबहादुर प्रधान

प्रतिक्रिया