नाचगानसहित सुर्खेतमा नेकपा एमालेको बोर्ड राखियो

सुर्खेत : नेकपा एमाले सुर्खेतले आजदेखि जिल्ला पार्टी कार्यालयमा नयाँ बोर्ड राखेको छ । सर्वोच्च अदालतको निर्णयपछि नेकपा एमालेले आफ्नो कार्यालयमा नेकपा एमालेको बोर्ड राखेको हो । वीरेन्द्र नगरस्थित पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बोर्ड राखिएको छ ।
वीरेन्द्रनगरमा रहेको पार्टी कार्यालयको प्राङ्गणमा नाचगान गर्दै पुरानो बोर्ड हटाएर नयाँ बोर्ड राखेका छन् । उक्त बोर्डमा प्रधानमन्त्रीको तस्वीर समेत राखिएको छ । एमाले पार्टी कार्यालयमा समर्थकले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’ भन्दै नारासमेत लगाए ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख एंव अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य मोहनमाया ढकालले सर्वोच्च अदालतको निर्णयले एमाले समर्थकहरूमा खुसीयाली छाएको बताइन् । ‘पार्टी कार्यालयमा पुरानो बोेर्ड हटाएर नयाँ स्थापना गरेका छौ’ ढकालले भनिन्, ‘यसले युवाहरूमा उत्साह जगाएको छ ।’
नेकपा एमालेका प्रदेश कमिटी सदस्य ताराप्रसाद देवकोटाले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरू उत्साहित भएको बताए । उनले सबैलाई समेटेर एमालेलाई एकताबद्ध बनाउनुबाहेक अरु विकल्प नभएको जिकिर गरे ।
एमाले जिल्ला कमिटी सचिव मोहन बडुवालले सर्वाेच्च अदालतको निर्णयले अब पार्टी एकता गर्ने सम्भावना नरहेपछि कानुनी र राजनीतिक हिसाबले पूर्वएमाले र पूर्वमाओवादी आफ्नै हिसाबले अघि बढ्नुपर्ने औल्याए ।
‘पुग नपुग तीन वर्ष सांगठनिक क्रियाकलाप संचालन गर्यौ एकै ठाउँमा बस्दा तिता पिरा भए होलान् स्वाभाविक पनि हो । एकै ठाउँमा बस्दा यस्तो भए पनि विगतका ती गल्ती भुलेर अगाडि बढ्नुपर्छ’ उनले भने, ‘एमालेको विधि र विधान अन्र्तगत अघि बढ्छ ।’ उनले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया