भारतका राजदूतले गरे कुमारी छेँ र कुमारी निवासको शिलान्यास
काठमाडौं : ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माणका लागि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिलान्यास गरेका छन् । यो समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृति मन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्याम किशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण एवम् विकास प्रभागका अधिकारीहरुको पनि सहभागीता थियो ।
नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले ५.८ अर्ब रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाइसकेको छ । सोही प्रतिबद्धता अनुरुप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदा मध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो । यी २८ वटा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् । यी परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले गरिरहेको छ ।
२०७२ सालको भूकम्पले क्षति पुन्याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिनेछ । पुनर्निर्माण कार्यमा पुरानो भवनको पुनस्र्थापना गरिनुका साथै भित्ते चित्रको संरक्षण पनि गरिनेछ जसले कुमारी देवीको पूजा अर्चना गर्ने भवनको रुपमा काम गर्नेछ । यसको अलावा हाल कुमारी छेँ भएको स्थानको पूर्वी दिशाको खाली जग्गामा नयाँ भवनको निर्माण गरिनेछ । नेपाल सरकारले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन अनुरुप पुनस्र्थापना र विकास कार्यलाई अघि बढाउनका निमित्त आवश्यक पर्ने प्राविधिक सहयोग भने इनट्याकले गर्नेछ ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया