सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यलय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकले पछिल्‍लो राजनीतिक अवस्‍थाका विषयमा छलफल र निर्णय गर्ने स्थायी समिति सदस्‍य देवेन्‍द्र पौडेलले जानकारी दिए ।

उनकाअनुसार बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो । बैठकमा सरकारमा सहभागी राबहादुर थापासहितका नेता भने उपस्थित छैनन् ।