एमाले र माओवादी : तिवारी-किँरातीको कि ओली-दाहालको ?
काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा सर्वोच्च अदालतको आइतबारको फैसलाले खारेज भयो । ऋषि कट्टेलले दायर गरेको नेकपा नामबारेको मुद्दामा सर्वोच्चले एक कदम अघि बढेर एकता नै खारेज गरिदियो ।
नेकपा खारेजपछि तत्कालीन नेकपा एमाले माओवादी केन्द्र ब्यूँतिएको भनिएको छ । नेकपा एमालेले विभिन्न कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राख्न थालेका छन् । यता माओवादी केन्द्रले पनि आगामी रणनीति तय गर्न छलफल गरिरहेको छ ।
एमाले र माओवादी ब्यूँतिएको भनिए पनि दुवै दल अरु नै व्यक्तिका नाममा निर्वाचन आयोगमा दर्ता छन् । नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन्ध्या तिवारीको नाममा नेकपा एमाले र गोपाल किँरातीको नाममा नेकपा माओवादी केन्द्र दर्ता छ ।
राजपत्रमा भदौ ८ गते प्रकाशित सूचनाअनुसार नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ बमोजिम नेकपा एमाले दर्ता छ ।
त्यस्तै भदौ ३० गते प्रकाशित अर्को सूचनाअनुसार संविधानको माथि उल्लेखित धारा तथा राजनीतिक दलसम्बन्धी ऐनको २०७३ को दफा ४ बमोजिम नेकपा माओवादी केन्द्र दर्ता छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ को उपदफा ५ बमोजिम सूचना राजपत्रमा प्रकाशित छ ।
अब एमाले र माओवादी केन्द्र अर्कैको नाममा दर्ता भएको अवस्थामा अहिले ब्यूँतिएको भनिएका नेकपा एमाले र माओवादी केन्द्र दलविहिनताको अवस्थामा छन् । तत्कालीन माओवादी केन्द्र र एमालेबाट निर्वाचन हजारौं जनप्रतिनिधि यतिबेला दलविहिनताको अवस्थामा पुगेका छन् ।
निर्वाचन आयोगकाअनुसार आयोगमा दर्ता दुवै दललाई पत्राचारको तयारी छ । आयोगका एक पदाधिकारीकाअनुसार नेकपा एमाले र माओवादी केन्द्रलाई नयाँ नामसहित आयोगमा आउन पत्राचार गर्ने तयारी छ । ‘सर्वोच्चको आदेशपछि आयोगमा दर्ता एमाले र माओवादी केन्द्रलाई नयाँ नाममा लागि पत्राचारको तयारी आयोगले गरिरहेको छ’ इकागजसँग उनले भने ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा दल आयोगमा दर्ता गरेका थिए । तर सोही नाममा त्यसअघि नै ऋषिराम कट्टेलले नेकपा नामको दल दर्ता गरिसकेका थिए । नेकपा नामको दल आयोगमा दर्ता भएकोले सुरुमा अन्डरलाइन गरेर नेकपा दर्ता गरिएको थियो । पछि त्यसैलाई कोष्ठकमा नेकपा राखेर दर्ता गरियो । तर, नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले आफूले दर्ता गरेको नेकपा पुनः दर्ता गरिएको भन्दै नाम खोजको माग गर्दै सार्वोच्च पुगेका थिए । मुद्दा दायर भएको दुई वर्षपछि आइतबार सार्वोच्चले कट्टेलको पक्षमा फैसला गरिदियो । नेकपा नाम कट्टेलले मात्रै पाएनन् एमाले र माओवादीबीचको एकता पनि बदर गरिदियो ।
माओवादी केन्द्रको आधिकारिकता विवाद आयोगमा
गोपाल किँरातीले दर्ता गराएको माओवादी केन्द्र पनि दुई वर्षकै बीचमा दुई समूहमा विभाजित भएको छ । दुई समूहमा विभाजित भएपछि माओवादी केन्द्रको आधिकारिकतासम्बन्धी विवाद पनि निर्वाचन आयोग पुगेको छ ।
माओवादी केन्द्रको एक समूहका अध्यक्ष कर्णजित बुढा किँरातीलाई पार्टीको बहुमत कमिटीले कारबाही गरिसकिएकोले आफूहरू नै आधिकारिक माओवादी केन्द्र रहेको बताए । तर, यस विषयमा आयोगले निर्णय दिइनसकेको उनको भनाइ छ । यता किँराती पक्षले पनि आफूहरू नै आधिकारिक भन्दै आयोगमा दाबी पेश गरेको छ । तर, आयोगले आधिकारिकताको निर्णय गर्न नपाउदै माओवादी केन्द्र र एमालेको एकता बदर भयो । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको भनिएको छ । अब आयोगले के निर्णय गर्छ आफुहरू पर्खेर बसेको बुढाले बताए । ‘आयोग र अदालत हाम्रो हातमा हुने हुरा भएन,’ उनले भने, ‘उहाँहरूले के निर्णय गर्नुहुन्छ पर्खेर बसिरहेका छौं । आयोगको निर्णय आएपछि थप के गर्ने भन्ने टुंगो लाग्छ ।’

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

प्रतिक्रिया