सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

ओलीले एमाले र दाहालले माओवादी केन्द्र पाउने

फाइल तस्बिर

काठमाडौँ : सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै निर्वाचन आयोगले सम्बद्ध पक्षहरुलाई पत्र काट्न लागेको छ । ‘सर्वोच्चको फैसला अनुसार पत्र काट्ने निर्णय भइसकेको छ,’ आयोगका एक अधिकारीले मंगलबार इकागजसँग भने, ‘अब केही क्षणमै हामी पत्र काट्दैछौँ ।’

एमाले र माओवादी केन्द्रबीच पार्टी एीकरण भएपछि एमाले सन्ध्या तिवारीको नाममा दर्ता छ । आयोगले उक्त दल दर्ता भएको सूचना २०७७ भदौ ८ मा राजपत्रमा प्रकाशित गरिसकेको छ । एकीकरणपछि माओवादीका पूर्व नेता गोपाल किराँतीले माओवादी केन्द्र दर्ता गराएका छन् । उनले पनि २०७७ भदौ ५ गते दर्ता गराएका थिए ।

आयोगका ती अधिकारीका अनुसार एकीकरणपछि दर्ता भएका उक्त दुई दललाई आयोगले आफ्नो चुनाव चिन्ह र नाम लिएर १५ दिनभित्र उपस्थित हुन पत्र लेख्दैछ । ‘तपाईंहरू पहिले दर्ता भएका अब साविककै दल आए, तपाईंहरुले पाउनुहुन्‍न, चिन्ह र नाम लिएर १५ दिनभित्र आयोगमा उपस्थित हुन पत्र तयार भयो,’ ती अधिकारीले भने ।

सर्वोच्चको फैसला अनुसार आयोगले संघीय संसद्‌लाई पनि आवश्यक जानकारी गराइसकेका ती अधिकारीले बताए । तत्कालिन एमाले र माओवादी केन्द्र एकताअघि केपी शर्मा ओली एमालेको अध्यक्ष र पुष्पकमल दाहाल माओवादी केन्द्रका अध्यक्ष थिए ।