‘मैले फिल्म निर्देशन गरेको यहाँका मान्छेले पत्याएनन्’

काठमाडौं : अभिनेत्री रेखा थापाले आफूले पहिलोपल्ट फिल्म निर्देशन गर्दा उद्योगका धेरै मान्छेले आफूलाई नपत्याएको बताएकी छिन् । नारी दिवसको दिन चलचित्र विकास बोर्डको प्रेक्षालयमा ‘वुमन टेलीङ वुुमन स्टोरीज’ शीर्षकमा स्नेहा शर्मासँग गफिँदै उनले महिलाले गरेको काममा हतपति विश्वास नगर्ने पुरुषवादी समस्या आफूले पनि झेलेको बताउँदै यो मानसिकता चिर्ने महिलाले थप मेहनत गर्नु पर्ने बताएकी थिइन् ।
‘मैले अचानक ‘हिम्मतवाली’ निर्देशन गर्नु पर्यो । तर, रिलिज हुँदासम्म पनि मैले निर्देशन गरेकी हुँ भनेर कसैले पत्याएनन् । जब मेरो सिनियर अभिनेत्रीले निर्देशन गर्न थाल्नु भयो त्यसपछि मात्र ए हो रैछ भन्ने भयो,’ रेखाले बताइन् ।रेखाले फिल्ममा वा बाहिरी दुनियाँमा आफू महिला कोटाको पक्षमा नरहेको बताउँदै उनले यसलाई किस्तिमा दिएको उपहारको संज्ञा दिएकी थिइन् ।
महिला भएकै कारण दिइने सुविधाले उनीहरूलाई थप कमजोर बनाउने उनको तर्क थियो । ‘म त कोटाको पक्षमा छैन,’ उनले भनिन्, ‘हामी पुरुषभन्दा कम छैनौं भने कोटा किन खोज्ने । अधिकार हो । लडेर लिने हो । मैले आफूलाई बनाएका फिल्ममा यही चेतका साथ आफूलाई केन्द्रमा राखेको हुन्छ । सबैलाई आग्रह त्यही छ कि फिल्म बनाउँदा महिला चरित्रलाई केन्द्रमा राखौं ।’
बोल्दा बोल्दै उनले साइबर बुलिङ भयो भन्दै ‘इनफ इज इनफ’ अभियान चलाएका केही अभिनेत्रीलाई व्यंग्य गर्न पनि पछि परिनन् । उनले अभियन्ता बन्न चाहानेले कसले के भन्छ ? के गर्छ ? भनेर साइबरमा घोत्लिनुको साटो मतलब नगर्ने बानी विकास गर्न सुझाव दिइन् । उनले भनिन् ‘लक डाउनको समयमा हाम्रा धेरै साथीहरू साइबर बुलिङ भयो भन्दै रोइकराई गरे । यति सानो कुरामा हंगामा गरेको देख्दा उहाँहरू भन्दा बरु गाउँकै महिला तगडा छन् भन्ने लाग्यो । किनकि अभियन्ता बन्ने मान्छे यस्ता सानातिना कुरामा अल्झन हुँदैन । तर, रेखाले कलाकारले कलाकारितासँगै ‘एडभोकेसी’ पनि गर्न जरुरी रहेको बताइन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विकास बोर्डले ब्रिटिश काउन्सिलसँग मिलेर दिनभर महिला केन्द्रित ‘आमा’ र ‘कुमारी’ देखाएको थियो भने नेपाली सिनेमामा महिलाको अवस्था र प्रतिनिधित्वलाई लिएर कार्यपत्र र छलफल पनि चलाइएको थियो । कार्यक्रमको व्यवस्थापन गौंथली इन्टरटेनमेन्टले गरेको थियो ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया