अफगानी सेनाको कारबाहीमा १० तालिबानी मारिए

लस्कार गाह : अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा १० जना तालिबान लडाकुको मृत्यु भएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरूले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको रहेको छ ।
सोमबार दिइएको जानकारीअनुसार दक्षिणी हेल्मण्ड प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो । त्यस कारबाहीमा उनीहरूको निधन भएको हो । अफगानिस्तानमा हिंसाको अनुगमन गरिरहेको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले सोमबार जानकारी दिएको छ । त्यसैगरी हेल्मण्ड प्रान्तको प्रान्तीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि सो कुराको जानकारी गराइएको छ ।
त्यस जिल्लामा तालिबानको गढ रहेको मानिएको छ । त्यस क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले सो कारबाही गरेको बताइएको छ । उता अफगानिस्तानका विभिन्न प्रान्तका केही स्थानमा पनि हिंसात्मक आक्रमणहरू भएका बताइएको छ । सो हिंसामा भएको मानवीय हताहतको बारेमा भने कुनै जानकारी नगराइएको समाचारमा जनाइएको छ । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया