एमभी दुगडद्वारा पियाजियोको अप्रिल्ला एसएक्सआर १६० नेपालमा सार्वजनिक

काठमाडौं : एमभी दुगड ग्रुपले पियाजियोको अप्रिल्ला एसएक्सआर १६० सुरू गर्ने घोषणा गरेको छ । जुन अप्रिलिया नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो । बहप्रतीक्षित प्रीमियम स्कुटर नेपालको ४ लाख ९ हजार ९ सय रुपैयाँको प्रारम्भीक मूल्यमा उपलब्ध हुनेछ ।
कार्यक्रममा पियाजियो इन्डि याका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी वरिष्ठ उपाध्यक्ष सुधाशु अग्रवाल साथै एम भी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गरेका हुन् ।
सिंगल सिलिन्डर ४-स्ट्रोक एयर-कूल्ड, भल्भ फीउल ईन्जेक्शन कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी लगाएको छ । यसले ९०० आरपीएममा ११ पीएसको पीक पावर उत्पादन गर्दछ ।
उद्घाटन समारोहको बारेमा टिप्पणी गर्दै पियाजिओ भारतका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफीले भने, 'हामी सबै ग्राहकहरुका लागि अप्रिल्ला एसएक्सआरलाई धेरै अपेक्षित प्रीमियम स्कूटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौं। उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठूलो विशेषताको प्रतीक अप्रिल्ला विशेष गरी इटालीमा डिजाइन गरिएको हो, हामी विश्वास गछौं कि यस स्कूटरले नेपालको प्रीमियम टू कीलर बजारमा उच्च मापदण्डहरू सेट गर्नेछ ।'

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

प्रतिक्रिया