अब एमाले र माओवादी केन्द्र भइयो, त्यहीँबाट संघर्ष गर्छौँ : झलनाथ खनाल

काठमाडौँ : दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतलको फैसलालाई आफूहरुले स्वीकार गरेको बताएका छन् । फैसलाको मुताविक नै दुई दल अलक अलग भएर अघि बढ्ने पनि उनले बताए । सर्वोच्च अदालतको फैसला निकै राजनीतिक फैसला हो भन्दै त्यसविषयमा पनि ध्यान दिन सबै पक्षलाई उनले आग्रह गरेका छन् ।
‘सर्वोच्चको यो फैसला राजनीतिक हो । यसबाट नकारात्मक अवस्था निम्तिने छ,’ उनले इकागजसँग भने, ‘यद्यपि अदालतले गरेको निर्णयलाई लागू गर्नेछौँ । अब एमाले र माओवादी केन्द्र भइसकेका छौँ। सोही स्थानमा रहेर संघर्ष गर्नेछौँ ।’
बैठकमा सबै जसो नेताहरुले अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको अनुरुप नै यस्तो निर्णयमा पुगिएको उनले सुनाए । उनले भने, एमाले भित्र रहेर नै संघर्ष गर्ने हो तर एकताको सम्भावना सँधै रहिरहने पनि उनले बताए । अदालतको आदेशलाई माने पनि यसको निराकरणको खोजी पनि सँगै हुने उनले प्रष्ट पारे ।

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

प्रतिक्रिया