धर्ममाथि विश्वास घट्दै गएकोले दुश्कर्म बढ्यो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देशलाई जबरजस्ती धर्म निरपेक्ष घोषणा गरी सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्म बढेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १११ औं नारी दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न बहाना र अनेकौं स्वार्थमा फसेर कमजोर बनाउदै लगिएको बताए ।
परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले गगाडि बढ्ने उनको भनाइ छ । धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरू नै अग्रपङ्तीमा रहेका थापाले बताए । यसलाई व्यापकता दिलाउन पनि महिलाहरुकै भूमिका उपयुक्त हुने थापाको भनाइ छ ।
धर्म संस्कृतिलाई जोगाउन राप्रपाले प्रण गरेको भन्दै थापाले र्टीको संगठनलाई मजबुत बनाएर आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्तिको रूपमा राप्रपालाई स्थापित गर्न महिला संगठनले मूख्य भूमिका निर्वाह गर्ने आफुले विश्वास लिएको बताए ।
महिलाहरुको नेतृत्व विकासलाई मध्यनजर गर्दै राप्रपाले आगामी बैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन जना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको थापाले बताए ।

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

प्रतिक्रिया