पेरिसडाँडामा दाहाल-नेपाल समूह : एमालेका नेताहरु धमाधम बैठक छोडेर निस्किए

काठमाडौँ : दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा एमालेका नेताहरु आफ्नो भनाइ राख्दै बैठक स्थलबाट बाहिरिँदै गरेका छन् । नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बसेको हो ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो । हिजो नै दाहाल–नेपाल समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागीता थियो ।
आजको बैठकको एमालेका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वार्ता गरेर एकता जोगाउनुपर्ने विषयमा छलफल गरेको बताएका छन् । पूर्वएमालेका नेताहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पान्डे, रघुजी पन्त, योगेश भट्टराई, घनश्याम भुसाललगायतका नेताहरु बैठकमा आफ्नो भनाइ राखेर बाहिर निस्किसकेकाछन् । बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

प्रतिक्रिया