राष्ट्रवादले कमिजको टाँक अडिदैंनः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका लागि अत्यावश्यक उत्पादन देशभित्रै उत्पादन गर्नु नै वास्तविक राष्ट्रवाद भएको बताएका छन् । नेपाल उद्योग परिसंघको पहलमा अघि बढाइएको ‘स्वदेशीः मेक इन नेपाल’ अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सम्भव भएसम्म मुलुकमै कच्चा वस्तुको समेत सहउत्पादन सम्बन्ध (ब्याकवार्ड लिंकेज) कायम गरेर अत्यावश्यक वस्तुमा आत्मनिर्भर गराउन व्यावसायिक समुदायको ठूलो हात रहेको बताए ।
‘कमिजको टाँक फुस्किएको हुन्छ, राष्ट्रवादले त जोडिदैंन,’ उनले भने, ‘सियो चाहिन्छ । यहाँ बन्दैन, बाहिरबाट ल्याउनुपर्छ । धागो नेपालको भएन भने बाहिरबाट ल्याउनुपर्छ ।’ उनले आफूले लगाउने भादगाउँले टोपी पनि आधा मेक इन नेपाल भएको बताए । ‘यो नेपाली टोपी, यो उत्पादन हाम्रो पहिचान हो तर धागो विदेशबाट ल्याउनुपर्छ ।,’ प्रधानमन्त्रीले अगाडि भने ।
व्यावसायीहरूकै कार्यक्रममा नेपालमा सियो पनि बनाउन सक्दैनौं भनेर व्यंग्य कसेपछि प्रधानमन्त्री ओली केही बहुराष्ट्रिय कम्पनीका उत्पादन तिर मोडिए ।
‘रामदेवले भनेजस्तो ट्वाइलेट सफा गर्ने चीज हो भनेर त म किन भनूँ,’ उनले भने, ‘तर आवश्यक नै नभएका वस्तुको आकर्षक विज्ञापन गरेर उपभोक्तामा आदत पारिएको छ । यो गलत हो ।’
ओलीले इनर्जी ड्रिंक्स र बबलगम जस्ता वस्तुहरू पनि आवश्यक नभएको भन्दै यस्ता अनावश्यक विदेशी वस्तु ल्याएर उपभोक्ताको आदत नबिगार्न र त्यस्ता वस्तुको सट्टा मुलुकमै आवश्यक वस्तुको उत्पादन गरेर मुलुकमा रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र विकासमा उनले व्यवसायीलाई सुझाव दिए ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

प्रतिक्रिया