ओली र दाहालले वार्ता गरेर मिल्नुपर्छ : रघुजी पन्त

काठमाडौँ : नेकपा एमालेका नेता तथा दाहाल–नेपाल समूहका नेता रघुजी पन्तले एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुन वार्ता गरेर पार्टी एकता जोगाउनुपर्ने बताएका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता जोगाउने विषयमा छलफल भइरहेको पनि बताए ।
‘सर्वाेच्च अदालतको फैसला सम्मान गर्नुपर्छ व्यक्तिगत रुपमा मेरो असहमति भयो बैठकमा सर्वाेच्चको फैसला राजनीतिक प्रकृतिको भयो कि भन्ने चर्चा भएको छ,’ दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका पन्तले भने, ‘एकता दुई पार्टीबीच जसरी भएको थियो त्यो आफैँमा राम्रो थियो । लोकतन्त्रको सुदृढिकरणको लागि, सार्वभौमएकताको लागि त्यसलाई जोगाएर जानुपर्छ । अध्यक्ष प्रचण्ड र केपी ओलीले अगाडि बढाएर जानुपर्छ ।’ घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतका एमालेका नेताहरु आफ्नो भनाइ राख्दै बैठकबाट बाहिरिरहेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया