प्रशिक्षक जाबीले जिते पहिलो लिग उपाधि

काठमाडौँ: बार्सिलोनामा समर्थकका लागि आइतबार दुई वटा खबर विशेष रह्यो । पहिलो, क्लबको अध्यक्षका लागि भएको निर्वाचनको मतपरिणाम । दोस्रो, बार्सिलोनाकै पूर्व खेलाडी जाबी हर्नान्डेजले प्रशिक्षक भएपछि जितेको पहिलो लिग उपाधि ।
जाबीको प्रशिक्षणमा रहेको कतारी क्लब अल साडले चार खेल अगाबै त्यहाँको लिग जित्यो । जाबीले खेलाडीका रुपमा पनि कतारी लिग जितिसकेका छन् । सन् २०१५ मा कतारी लिग खेल्न दोहा पुगेका जाबीले अल साडलाई २०१९ को लिग जित्न सहयोग गरेका थिए । जुन उनको लागि खेलाडीका रुपमा जितेको अन्तिम लिग थियो ।
४१ वर्षिय जाबीले प्रशिक्षक भएपछि अल साडलाई कतारी कप र कतारी सुपर कप पनि जिताएका थिए । तर उनको प्रशिक्षणमा लिग च्याम्पियन भएको भने पहिलो पटक हो । सार्वजनिकरुपमै बार्सिलोनाको प्रशिक्षक बन्नु सपना भएको बताउने जाबी तत्कालका लागि कतारी क्लबमै रहने अनुमान गरिएको छ ।
पटक पटक स्पेनी सञ्चार माध्यमले जाबीलाई बार्सिलोनाले फिर्ता ल्याउने दाबी गर्दै आएका छन् । तर हालै अध्यक्षमा निर्वाचित भएका जोआओ लार्पोटाले जाबी बार्सिलोनाको प्रशिक्षक बन्ने समय नभइसकेको संकेत गरेको स्पेनी अखबार एएसले लेखेको छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया