जुम्लामा बाक्लो हिमपात (फोटो फिचर)

जुम्ला : जुम्लासहित कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार जुम्ला, मुगु र हुम्लासहितका हिमाली जिल्लामा भारी हिमपात भएको हो । यो हिमपात पुस महिनायताकै ठूलो रहेको स्थानीयहरू बताउँछन् । जुम्ला भुलभुलेका होटल व्यवसायी भीम भण्डारीले पुसपछि बाक्लो हिमपात भएको बताए ।
हिमपातले रारा हिडेका पर्यटक जुम्लाको भुलभुलेमै रोकिएका छन् । हिमपातका कारण भुलभुलेको तापक्रम ४ डिग्री सेल्सियसमा झरेपछि जीप तथा मोटरसाइकलमा रारा हिडेका पर्यटक भुलभुलेमा गाडी रोकेर बसेका छन् ।
हिमपातले जुम्लाका पहाडहरू सेताम्मे बनेका छन् । सडक हिउले ढाकिएको छ । रारा पुग्न नसके पनि पर्यटक हिउ खेल्न थालेका छन् । हिमपात भएसँगै किसान खुशी भएका छन् । यस वर्ष राम्रोसँग हिमपात नहुँदा बाली बिग्रने चिन्ता किसानलाई थियो ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया