मुख्यमन्त्री डोरमणि पौडेलले लगाए कोभिड खोप

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सोमबार बिहान ११ बजे हेटौंडा अस्पतालमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाएका हुन् ।
खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबैलाई सरकारले तोकेअनुसार खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे । बागमती प्रदेशमा ५ सय ६ वटा खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरु गरिएको छ ।
दोस्रो चरणको पहिलो दिन आइतबार बागमती प्रदेशको ३१ हजार ४ सय १७ जनाले खोप लगाएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिए ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया