रियल म्याड्रिड लिग उपाधि दौडबाट बाहिर छैनः प्रशिक्षक जिदान

काठमाडौँ: रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफुहरू अन्तिम समयसम्म पनि लिग उपाधि दौडबाट पछि नहट्ने बताएका छन् । शनिबार स्पेनी ला लिगामा एथलेटिको म्याड्रिडसँग १–१ को बराबरी खेलेपछि जिदानको यस्तो भनाई आएको हो । वान्डा मेट्रोपोलिटानोमा भएको म्याड्रिड डर्बीमा लुइस स्वारेजले घरेलु टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रियलका करिम बेन्जेमाले गोल फर्काएपछि खेल बराबरीमा सकियो ।
जारी ला लिगा सिजनमा छैठौँ बराबरी खेलेपछि रियल २६ खेलबाट ५४ अंक बनाउँदै तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको एथलेटिको भने ५९ अंकका साथ शीर्षस्थानमा छ । त्यस्तै दोस्रो स्थानको बार्सिलोनाले लिग लिडरको भन्दा तीन अंक कम छ ।
अंक तालिकामा तेस्रो स्थानमा रहेक पनि रियल च्यामिपय बन्न अन्तिमसम्म पनि प्रतिस्पर्धामा रहने जिदानको भनाई थियो । ‘लिगमा अझैँ धेरै खेल बाँकी छ । हामी अन्तिम समयसम्म पनि हार मान्ने छैनौँ । यस सिजन हामीले नराम्रो खेलेका छैनौँ । तर प्रदर्शनमा सुधार भने ल्याउँदै अघि बढ्नुपर्छ,’ जिदानको भनाई थियो ।
उता डिएगो सिमओने भने रियलसँगको बराबरीले दबाबमा परेका छन् । पछिल्ला चार लिग खेलमा एक जित दर्ता गरेको एथलेटिकोले लिगको अन्त्यसम्म शीर्षस्थान आगट्न सकछ वा सक्दैन भन्ने विषयमा टिका टिप्पणी सुरु भएको छ । एथलेटिकोले क्रमशः अंक गुमाउन थालेपछि बार्सिलोना र रियल उपाधि दौडमा फर्किएका छन् । जिदानको टिमले आगामी खेलमा एल्चेको सामना गर्दैछ भने एथलेटिको एथलेटिक बिल्बाओसँग आमनेसामने हुनेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया