‘जिन्दगी नामिलेगी दोबारा’को सिक्वेल बन्दै, आलिया मुख्य कलाकार

मुम्बई : दस वर्षअघि जोया अख्तरले बनाएको रोड ड्रामा ‘जिन्दगी ना मिलेगी दोबारा’ बक्स अफिसमा मात्र सफल भएको थिएन समीक्षकले पनि उत्तिकै रुचाएका थिए । आज पनि ‘रोड मुभी’ वा ‘बड्डी ड्रामा’मा यसलाई उम्दा मानिन्छ ।
यो फिल्म प्रदर्शन भएको १० वर्षपछि जोया अख्तर र फरहान अख्तरले यसको सिक्वेल बनाउने तयारी गरिरहेका छन् । केही दिनअघि पिंकभिल्लासँगको अन्तर्वार्तामा फरहानले यसको संकेत गरेका हुन् ।
उनले दिएको संकेत अनुसार सिक्वेल भने महिला केन्द्रित हुनेछ । पहिलो भागमा भने ऋतिक रोशन, अभय देवल र फरहान अख्तरले अभिनय गरेका थिए ।
दोस्रो भागको निर्देशन भने फरहान अख्तरले गर्नेछन् र फिल्मका एउटा कास्टका लागि उनीहरूले आलिया भट्टलाई प्रस्ताव गरिसकेका छन् ।
आलिया पनि फिल्मका लागि उत्साहित रहेको बताइएको छ । बाँकी दुई हिरोइन पनि चलेकै लिने निर्माण पक्षको तयारी छ । आलिया यो साल पुरै व्यस्त छन् । यता फरहान पनि राकेश शर्माको बायोपिकमा बनिरहेको फिल्म ‘सारे जहाँ से अच्छा’को सुटिङ गर्ने तयारीमा छन् ।
त्यसैले यो फिल्मको सुटिङ भने सन् २०२२ मा मात्र हुनेछ । आलिया हाल ‘गंगुबाई कठिया बाडी’ र ‘ब्रम्हास्त्र’को सुटिङ गरिरहेकी छिन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया