अफगानिस्तानमा विस्फोटमा परि ६ सर्वसाधारणको मृत्यु

अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६ जना सर्वसाधारणको ज्यान गएको छ । विस्फोटमा परेर कम्तीमा १४ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेका छन् ।
कुन्दुजको खनावाद जिल्लामा दिउँसो १ बजे विष्फोट भएको थियो । सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा विस्फोट गराइएको थियो । विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ । तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन् ।
पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि शुरु गरेका थिए । उता कतारको राजधानी दोहामा वार्ता जारी रहेका बेला यता तालिबानीहरूले आक्रमण जारी राखेका छन् । (रासस/एएनआई)
–––

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया