महामारीमा के गर्दैछन् नाटकघर ?

वैशाखको पहिलो साताबाट मञ्चन गर्ने गरी बिमल सुवेदी नयाँ नाटकको तयारी गरिरहेका थिए । तर, चैतको पहिलो साताबाटै सरकारले लकडाउन गरेपछि नाटक मञ्चन त रोकियो नै थिएटर भिलेजले गरिरहेका नियमित काम पनि प्रभावित भए । कोरोना निर्मुल होला र नाटक गरौंला भन्दाभन्दै ६/७ महिना बित्न लागिसके । अब भने जे पर्ला पर्ला भनेर बिमलले पुस १५ मा मञ्चन गर्ने गरी नाटकको रिहर्सल गरिरहेका छन् ।
बिमलले सरकारले हिडडुल गर्नै प्रतिबन्ध नलगाएसम्म नाटक मञ्चन गरी छाड्ने प्रतिबद्धतासहित काम गरिरहेको बताए । ‘अहिलेको जस्तै अवस्था रहेपनि पुस मध्यबाट नाटक गर्ने तयारी गरिरहेका छौं । तर, त्यतिबेलासम्म रोग नियन्त्रणमा आइसक्ला कि भन्ने अपेक्षा छ,’ बिमलले भने । मण्डला थिएटरमा मञ्चन हुने नाटकको हाल दिन बिराएर रिहर्सल भइरहेको छ । बिमलले दसैंपछि पत्रकार सम्मेलन गरेर नाटकको बारेमा जानकारी दिने तयारी गरिरहेका छन् ।
थिएटर भिलेजले जस्तो हिम्मत सबै नाट्यकर्मीले भने गर्न सकेका छैनन् । महामारी उन्मुलनको पर्खाइमा रहेका नाटकघरहरू भर्चुअल गतिविधि गरेर काम चलाइरहेका छन् । नाट्यकर्मीको सबैभन्दा धेरै चहलपहल हुने मण्डला थिएटर चैतमहिना यता सुनसान छ । लकडाउन खुकुलो भएको बेलामा नाट्यकर्मी भेला हुने र चियागफ गर्नेबाहेक सार्थक काम हुन नसकेको मण्डला थिएटरका सोमनाथ खनाल बताउँछन् ।‘थोरै गर्ने तर राम्रो गर्ने भन्ने योजना थियो । यस हिसाबले धेरै बिग्रिएको छैन तर नाटक नहुँदा यसमा आश्रित कलाकार पलायन हुने खतरा बढेको छ जुन हाम्रा लागि राम्रो हैन,’ खनालले भने ।
मण्डलाले भर्चुअल रुपमा भने निरन्तर गतिविधि गरिरहेको खनालले बताए । ‘हामीले भूकम्प लगत्तै प्ले ब्याक थिएटरको अवधारणामा समुदायका समस्यालाई समुदायमै प्रस्तुत गर्ने काम सुरु गरेका थियौं । अहिले पनि त्यही काम गरिरहेका छौं,’ खनाल भन्छन्, ‘तर, शारीरिक रुपमा उपस्थित भएर गर्नु जस्तो सजिलो, भर्चुअल रुपमा नहुने रैछ । कतिलाई सम्झाउनै सकेनौं ।’ महामारीका कारण मण्डला थिएटरले अघिल्लो वर्षदेखि सुरु गरेको डेढ वर्षको ड्रामा स्कुलको कोर्स यो पाली रोकियो भने दसैं तिहारपछि हुने मोबाइल थिएटर पनि अलपत्र गरेको छ ।
शिल्पी थिएटरले भने भर्चुलअ र फिजिकल दुवै हिसाबले आफूलाई सक्रिय राखेको छ । केही दिनअघि पाटनमा नाटक मञ्चन गरेको शिल्पीले केही दिनमै एकान्तवास थिममा अर्को नाटक मञ्चन गर्ने तयारी गरिरहेको छ । आइसोलेसनमा मानिसले मानिसलाई कसरी सहयोग गर्न सक्छ भन्ने कुरा प्रस्तुत गर्ने गरी नाटक तयार गर्न लागेको शिल्पीका घिमिरे युवराजले जानकारी गराए ।
‘प्रकृतिमा विपत्ति आएपछि मानिस सामाजिक दूरी कायम गर्न बाध्य हुन्छ । तर, यसरी परपर रहँदा पनि हामी एक अर्कालाई कसरी सहयोग गर्न सक्छौं, नाटकको मूल कथा यही हो,’ घिमिरेले भने । उनले दर्शकलाई नै सामाजिक दूरीमा राखेर नाटक मञ्चन गर्ने गरेको पनि जानकारी गराए । अवस्था यस्तै रहे शिल्पीले तिहारपछि अनलाइन प्ले गर्ने योजना बनाइरहेको छ ।
काठमाडौं मलबाट बिस्थापित भएको थिएटर मलले कीर्तिपुरमा थालथलो भेटेर बल्ल नाटक गर्न सुरु गरेको थियो तर बिचैमा महामारीले छोपेपछि थिएटर मलको नाट्यकर्म पनि भर्चुअलमा सीमित भयो । सरकारले लकडाउन घोषणा गरे लगत्तै ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ आयोजना गरी देश विदेशका २० नाटक मञ्चन गरेको मलले बिचको समयमा नेवारी नाटकको प्रतिस्पर्धा र बालबालिका लक्षित कथावाचन शृंखलाको आयोजना गरेका थियो । तर, महामारीले ‘बहुलाकाजीको सपना’ मञ्चन गर्ने तयारी भने तुहिएको मलका अध्यक्ष केदार श्रेष्ठले बताए ।
‘७५ सालमा हामी कीर्तिपुर सरेका थियौं । एक वर्ष त हामीले यहाँ नाटकघर छ है भन्ने कुरा स्थापित गर्नमै खर्च गर्यौं । बल्ल दर्शक आउन लाग्नु भएको थियो, बिचैमा यो आपत आइलाग्यो,’ श्रेष्ठले भने, ‘ तत्काल के गर्ने भन्ने योजना बनाएको छैन । सायद दसैंतिहारपछि नै केही योजना बन्ला ।’
रंगमञ्च त्यसैपनि निष्ठाको पेसा हो । अझ नेपालमा रंगमञ्च व्यवसायिकताको लिकमा हिड्न सुरु गरेकै छैन । यो क्षेत्रमा जेजति कलाकार अडिएका छन् , रुचि र निष्ठाले लागेका छन् । उनीहरुको रुचि र निष्ठालाई मञ्चन हुने नाटकले मात्र भरथेग गर्थे । तर, यही काममा पनि व्यवधान आइलागेपछि यो विधामा आकर्षित युवा पलायन हुने खतरा बढेको यो क्षेत्रका जानकार बताउँछन् । ‘न सरकारको सहयोग छ न अन्य संघ संस्थाको । भोलि अवस्था सामान्य पनि होला र हामी नियमित काममा पनि फर्कौंला । तर, यो बेला लामो समय यो क्षेत्रको अनुभव लिएका साथीहरु हामीसँग नहुन पनि सक्नुहुन्छ,’ घिमिरे आशंका व्यक्त गर्छन् ।
सरकारले केही गरिहाल्छ कि भन्ने झिनो आसमा एक महिनाअघि देशभरका ६१ वटा थिएटरले संगीत नाट्य एकेडेमीका कुलपति र उपकुलपतिसँग पनि भेटघाट गरेका थिए । तर, सरकारले आजका दिनसम्म पनि ठोस आश्वासन दिएको छैन । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले एकेडेमीका प्रतिनिधीलाई दुई पटक भेटे पनि थिएटरको राहतका लागि केही आउला भन्ने आश आफूहरुले नराखेको बताए । ‘हामीले प्रस्ताव नै दिएका छौं । तर, केही गर्नुहोला भन्ने अपेक्षा खासै छैन,’ बुढाथोकीले भने ।
काठमाडौं जस्तै काठमाडौं बाहिरको थिएटरले पनि भर्चुअलरुपमै आफूहरुलाई सक्रिय बनाइराखेका छन् । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले इकागजसँगको कुराकानीमा सरकारको निर्णय कुर्दाकुर्दै समय खेर गएको बताए । ‘अभिनय र निर्देशनको भर्चुअल क्लास गर्यौं । तर, सरकारले अनुमति देला र स्पिड बढाउँला भन्दा भन्दै समय बित्यो,’ उनले भने, ‘दसैं पछाडि भने कुनै न कुनै नाटक छानेर रिहर्सल गर्छौं। अनुप बराल सर यतै हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ ’ परिवर्तनले भने । उनले पोखरा थिएटरले गतसालदेखि सुरु गरेको ‘स्कुल महोत्सव’ पनि भर्चुअल गर्ने कि फिजिकल गर्ने दसैंपछि टुंगो लाग्ने जानकारी गराए ।

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_6mRlgE5nuZ_mzabpoyiblt9igbsjfvxcwdeyo5jhpttbbhstyvvbshq0lhz3qxfxqry8utx.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

प्रतिक्रिया