चीनको निर्यातमा सुधार, एक दशकमै सबैभन्दा बढी

बेइजिङ : कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि भएको छ ।
इलेक्ट्रोनिक्स र मास्क जस्ता तयारी पोशाकको निर्यातमा व्यापक वृद्धि भएको छ । गत वर्षको तुलनामा जनवरी–फेब्रुअरीको अवधिमा निर्यातमा ६०.६ प्रतिशतले वृद्धि भएको छ भने आयात २२.२ प्रतिशतले बढेको छ ।
प्राप्त विवरण अनुसार, गत वर्ष निर्यातमा १७ प्रतिशत र आयातमा ४ प्रतिशत न्यून भएको थियो ।
चिनियाँ भन्सार प्रशासनका अनुसार इलेक्ट्रोनिक्स सामानको निर्यात ५४.१ प्रतिशत तथा टेक्स्टाइलको निर्यात ५०.२ प्रतिशतले बढेको छ ।
चीनको समग्र ब्यापार बचत एक खर्ब ३ अर्ब ३० करोड डलर रहेको भन्सार प्रशासनको भनाई छ । अमेरिकासँगको ब्यापार बचत पनि गत वर्षको तुलनामा दोब्बर अर्थात् ५१ अर्ब ३० करोड डलर पुगेको छ । (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया