इजरायलद्वारा महामारीका कारण बन्द रेष्टुरेन्ट र बारहरू पुनः खोलिने

जेरूसेलम : कोरोना महामारीका कारण बन्द भएका व्यवसाय पुनः खोल्ने क्रममा इजरायलले आइतबारदेखि रेष्टुरेन्ट तथा बारहरूलाई खोल्न दिने इजरायली सरकारले निर्णय गरेको छ ।
सरकारले रेष्टुरेन्ट, क्याफे तथा बारहरूमा काम गर्ने खोप लगाइसकेका व्यवसायी तथा तीनका कर्मचारीहरूलाई सेवालाई पुनः सञ्चालनमा ल्याउन अनुमति दिइएको जनाएको हो । इजरायलमा गत वर्षकाहे डिसेम्बरदेखि खोप अभियान सञ्चालनमा ल्याइएको थियो ।
आइतबारसम्म करिब ४० प्रतिशत नागरिकले कोभिड–१९ विरूद्धको खोपको दुबै मात्रा लिइसकेका छन् ।
करिब ९० लाख जनसङ्ख्या रहेको इजरायलमा फाइजर र बायोएनटेकद्वारा उत्पादित खोपको दुबै मात्रा लगाउनेको सङ्ख्या ३७ लाख पुगिसकेको छ ।
इजरायलमा कम्तीमा ५० लाख नागरिकले कोभिड–१९ विरूद्धको पहिलो मात्रा लगाइसकेका छन् ।
सरकारले बन्द अवस्थामा रहेका व्यवसायलाई खोल्ने नीति अन्तर्गत क्रमशः सबै क्षेत्रलाई महामारी पहिलेको अवस्थामा फर्काउन लागिएको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएयो । 'हामीले करिब ४० प्रतिशत नागरिकलाई खोप दिइसकेका छौँ । अब हामी सामान्य अवस्थामा फर्किनका लागि समस्या नहुने विज्ञहरूको सुझाबपछि बन्द रहेका व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन समस्या हुने छैन ।'
रेष्टुरेन्ट तथा बार खोलेको सन्देश दिन प्रधानमन्त्रीद्वारा एक क्याफेमा केक काटिएको र यसलाई त्यहाँ भेला भएका व्यक्तिहरूले खाएको इजरायली टेलिभिजनहरूले प्रमुख समाचार बनाएर समाचार सम्प्रेषण तथा प्रशारण गरेका थिए । इजरायलले यसअघि नै जिम, पुल तथा अन्य सेवाहरूलाई पनि सञ्चालनमा ल्याइसकेको छ । (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया