मीन भामको ‘चिसो वर्ष’को सुटिङ यो साल नहुने

काठमाडौं : मीन भामको बहुप्रतीक्षित चलचित्र ‘चिसो वर्ष’ यो साल फ्लोरमा नजाने भएको छ । यो फिल्म वैशाखदेखि फ्लोरमा जाने तयारीमा थियो । लेखक तथा निर्देशक मीन भामले कोरोना भाइरस महामारीको कारण विदेशी क्रु आउन नसकेपछि यो सालका लागि सुटिङ थाँती राखिएको मीनले बताए ।
‘छायांकारसँगै अन्य केही प्राविधिकहरू बाहिरबाट आउनुपर्ने थियो । तर, कति ठाउँमा फ्लाइट नै खुलेको छैन भने कति ठाउँमा फर्केर पनि क्वारेन्टाइनमा बस्नु पर्ने नियम छ,’ उनले भने, ‘ यहीँ पनि मैले जुन ठाउँमा सुटिङ गर्ने भनेको छु त्यहाँ बाहिरको मानिसलाई छिर्ने अनुमति खुलेको छैन । त्यही कारणले पनि यो साल सुटिङ नहुने भयो ।’
मीनले ५ वर्षअघि यो फिल्म बनाउने घोषणा गरेका थिए । तर पर्याप्त बजेट नहुँदा फिल्मको सुटिङ सुरु हुन सकेको थिएन । यो बीचमा फिल्मले कान्स, लोकार्नो, एसियन सिनेमा फन्ड, टोरिनो, पुन्टो ल्याब आदिबाट ३ करोडभन्दा बढीको फन्ड जितेको थियो । ‘
चिसो वर्ष’को कथा आफ्ना हराएका श्रीमान खोज्न लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालय लामो यात्रामा केन्द्रित छ। यात्राकै क्रममा दुवैको जीवनमा आउने परिवर्तन फिल्मको मुख्य सार रहेको मीनले बताए ।
यही सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन् । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ ।
मीन भामले निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले यसअघि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । मीनले यो फिल्मका लागि विदेशका अन्य ८ निर्मातासँग सहकार्य गरिरहेका छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया