शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

'भगवानले फुर्सदमा बनाएको स्वर्गमा छु'

काठमाडौं : नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल भगवान्ले फुर्सदमा बनाएको सुन्दर मुलुकका रूपमा चित्रण गरेका छन् । विभिन्‍न शास्त्रमा गरिने व्याख्याहरूमा भनिएझै कतै स्वर्ग छ भने त्यो नेपाल नै रहेको समेत उनले भन्‍न भ्याए । चार वर्षदेखि कतारको राजदूतका रूपमा रहेका उनी नेपालीहरूसँग प्रत्यक्ष अन्तक्रिया गर्ने कूटनीतिज्ञको परिचय बनाएका छन् ।

पूर्वमा इलाम पुगेका उनी त्यहाँको सौन्दर्यको जति व्याख्या गरे पनि नसकिने बताए । चितवनमा जंगल सफारी, लुम्बिनीमा बुध्दको शान्तिका साथै पोखराको मनमोहक दृश्यमा रमिसकेका छन् ।

फुर्सदको समय मिल्यो कि नेपालका डाँडा-काँडा घुम्‍नतर्फ लाग्छन् । कोरोनाको महामारीलाई समेत चुनौती दिँदै उनी हाइकिङमा रमे । त्यहाँ पनि उनले कतारका लागि नेपाली पूर्वराजदूत, कूटनीतिज्ञ, खेलाडी, व्यापारी र व्यवसायीहरूलाई समेत लिएर उनी हाइकिङमा गइरहेका छन् । उनी हाइकिङमा समेत बन्छ, ‘नेपालको भविष्य साह्रै सुन्दर छ । विकास छिट्टै हुने देखिन्छ । यसका लागि नेतृत्वले आफ्नो तर्फबाट प्रयास गर्न आवश्यक छ ।’


 
नेपालीहरू विश्‍वकै असल र राम्रा नागरिकमध्येका हुन् । यहाँको प्राकृतिक वातावरण हराभराले आफूलाई मोहनी नै लगाएको भन्दै उनले नेपाललाई आफ्नो दोस्रो घरका रूपमा चित्रण गरेका छन् । उनले नेपालको विभिन्‍न क्षेत्रको भ्रमण पनि गरिसकेका छन् । पूर्वमा इलाम पुगेका उनी त्यहाँको सौन्दर्यको जति व्याख्या गरे पनि नसकिने बताए । त्यस्तै चितवनमा जंगल सफारी, लुम्बिनीमा बुध्दको शान्तिका साथै पोखराको मनमोहक दृश्यमा रमिसकेका छन् ।

उनले हिमालयको काखमा पुगेर हिउँ खेलिसकेको अनभव सुनाउने आफ्ना साथीहरूलाई नेपाल बोलाएर घुमाउनेमा लागिपरेका छन् । जोमसोम होस कि माउन्टेन उडान, उनी रम्‍ने गर्छन । पछिल्लो समय जनकूटनीतिमा विश्‍वास राख्‍ने उनले विभिन्‍न स्थानमा हाइकिङसमेत गएका छन् । आफ्ना मित्रहरू बोलाउने, खुवाउने र हाइकिङ सौखझैँ बनेको छ । भैँसेपाटीमा रहने उनी चन्द्रागिरी र थानकोटका डाँडा देखाउँदै नेपालको सौन्दर्यका लागि काम गर्छन् । उनको यस प्रकारको सक्रियताले उनी काठमाडौँमा सक्रिय राजदूतका रूपमा परिचित छन् ।


 
कतारमा रहेका नेपालीहरूको कुन क्षेत्रका छन्, त्यहाँ पुग्‍ने र उनीहरूको परिवारको अवस्था बुझ्‍ने काममा पनि उनी लागेका छन् । कतारमा रहेका लगनशील रहेको पनि उनले बताए । आफ्नो सन्तान वा परिवारलाई विदेश पठाएका परिवारको अवस्था पनि उनले बुझ्‍ने गरेका छन् । उनले आफ्नो मुलुकमा रहेका नेपालीका सन्ततिले राम्रो शिक्षा पाऊन् भन्‍नेमा जोड दिइरहेका छन् । कतारी च्यारेटीमार्फत पनि त्यसतर्फ काम गरिरहेका छन् । 

नेपालका बालबालिका संसारकै राम्रामध्येका छन् । उनीहरूले शिक्षा पाउनुपर्ने र सरकारी शिक्षामा थप सुधार भएमा ती बालबालिका थप भाग्यमानी ठहरिने पनि उनको सुझाव छ । स्थानीय नेताहरूले शिक्षा क्षेत्रमा जोड दिनुपर्ने उनले बताए । नेपालको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्‍न क्षेत्रको विकासका लागि नेपाल सरकारसँग हातेमालो गर्न कतार तयार रहेको पनि उनले इकागजसँग बताए । 


 

तस्बिरहरूः नेपालस्थित कतारी राजदूतावास