माओवादीले समर्थन नगरे ओली अल्पमतमा, यस्तो छ अंक गणित

काठमाडौँ : सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपाको पक्षमा आदेश गरेपछि प्रतिनिधिसभामा दलको संख्या थपिएको छ । सत्तारुढ दल एकीकृत नेकपाको वैधता सर्वोच्चले समाप्त गरिदिएपछि अब पूर्ववत्ः पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र गरी दुई दल बनेका छन् । अदालतको यो निर्णयसँगै अब प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ४ पुगेको छ ।
संसद् संख्याको आधारमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो र जनता समाजवादी पार्टी चौँथो दल रहनेछन् ।
२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको थियो । त्यसपछि तिनले २०७५ जेठ २३ मा निर्वाचन आयोगमा नेकपा दर्ता गराएका थिए । सर्वोच्च अदालतले नेकपा नाम मात्र होइन कि त्यो एकीककरणलाई वैधता नदिएपछि एकीकृत पार्टी दुई दलमा परिणत भए । अब फेरि प्रतिनिधि सभामा दलको संख्या ३ बाट ४ पुगेको हो ।
अब प्रतिनिधि सभामा नेकपा एमालेको सांसद् संख्या १२१, कांग्रेसको ६३, माओवादी केन्द्रको ५३, जनता समाजवादी पार्टीको ३४ सिट हुनेछ ।
एमालेका निर्वाचित ८० र समानुपातिक ४१ सांसद छन् । कांग्रेसका निर्वाचित २३ र समानुपातिका ४० सांसद छन् । माओवादीका निर्वाचित ३६ र समानुपातिक १७ सांसद छन् । जनता समाजवादी पार्टीका निर्वाचित २२ र समानुपातिक १२ गरी ३४ सांसद छन् ।
यीमध्ये कांग्रेसका २ र जनता समाजवादी पार्टीका दुई सांसद निलम्बित छन् । कांग्रेसका मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार तथा जनता समाजवादी पार्टीका हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् ।
त्यो बाहेक राष्ट्रिय दलको मान्यता नपाएका राष्ट्रिय जनमोर्चाको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल मजदुर किसान पार्टीको १ सिट हुनेछ ।
आजको सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले समर्थन नगरेमा उनीसँग बहुमत रहँदैन । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुग्न १३८ सांसद आवश्यक पर्छ । माओवादीले समर्थन नगरेमा १२१ सांसद भएकाले १७ सांसद खोज्नुपर्छ ।
अझ माधवकुमार नेपाल समूह पुष्पकमल दाहालकै साथ रहेपछि संख्या निकै तल झर्नेछ । वरिष्ठ नेता नेपाल, झलनाथ खनालसहितका नेताहरू ओलीविरुद्ध खरो ढंगले उपस्थित छन् । माओवादी अध्यक्ष दाहालसँग नेता नेपाल र खनाल छन् । त्यसैले ओलीले विश्वासको मत प्राप्त गर्न कुनै न कुनै दलसँग सत्ता सहकार्य गर्नैपर्छ ।
अर्को ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएकाले पनि आफ्नो पार्टी मात्रै होइन, प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टी विरोधमा छन् । कांग्रेसका सांसदहरूले त आज ओलीविरुद्ध संसद्मै चर्को विरोध गरे । ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधानको खिल्ली उडाएको कांग्रेसको आरोप छ ।
ओलीले संविधानविपरित छलकपट र षड्यन्त्रमूलक ढंगले अध्यादेश जारी गरी संवैधानिक अंगमा आफूखुसी नियुक्त गरेका थिए । त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्रीको ‘कारिन्दा’को भूमिका निर्वाह गरेकी थिइन् । अध्यादेश प्रकरणमा प्रधानमन्त्री जत्तिकै राष्ट्रपतिको भूमिका पनि सन्देहस्पद छ । राष्ट्रपति भण्डारीको क्रियाकलापबारे पनि उत्तिकै बहस हुनुपर्छ, जति प्रधानमन्त्री ओलीबारे भइरहेको छ ।
अझ नागरिकको कर अथाह प्रयोग गर्ने निकायमा नियुक्त भएका पात्रहरूको संसदीय सुनुवाइसमेत भएको छैन । संवैधानिक अंगमा नियुक्त पात्रहरूको योग्यता, क्षमता, नैतिकता जस्ता कुनै विषय मापन नभएपछि तिनीहरू कसरी योग्य हुन सक्छन् ? तिनीहरू अधिकांशतः ओलीका बफादार र चाकडीदार पात्रहरू हुन्, जो संवैधानिक अंगका निम्ति कुनै पनि हिसाबले योग्य होइनन् ।
त्यसरी जथाभावी ऐह्रे-गैह्रे-नत्थुहरू नियुक्त भएपछि संवैधानिक अंग नै ध्वस्त भएका छन् । त्यसकारण पनि गैरसंवैधानिक अध्यादेश र हुकुमी पद्धतिका आधारमा नियुक्त गैरजिम्मेवार पात्रहरू राखिरहनु भनेको नागरिकको करको दुरुपयोग गर्नु हो । अवैध अध्यादेशका आधारमा नियुक्त पात्रहरू हटाउन पनि अध्यादेश खारेज गर्ने माग विपक्षीहरूले राखेका हुन् ।

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

प्रतिक्रिया