नरवणेको बसन्तपुर दौड : ढाका टोपी लगाए, कुमारीको दर्शन गरे

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उनले जिवितदेवी कुमारीको दर्शन गरेका हुन् ।
इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि उनी आफ्ना श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेका थिए । सो क्रममा उनले वसन्तपुर स्क्वायरको अवलोकन गरेका हुन् ।
भारतीय सेना प्रमुख नरवणेलाई भोलि राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमको बीच राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानाथ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । हेर्नुस्, बसन्तपुर पुगेका नरवणे तस्बिरमा यस्तो देखिन्छन् :

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

प्रतिक्रिया