विकास बोर्डले नारी दिवसको अवसरमा ‘आमा’ र ‘कुमारी’ देखाउने

काठमाडौं : चलचित्र विकास बोर्डले मार्च ६ अर्थात विश्व नारी दिवसको दिन पारेर नेपालको पहिलो नेपाली फिल्म ‘आमा’ र पहिलो रंगिन फिल्म ‘कुमारी’ देखाउने भएको छ ।
बोर्डका अधिकृत चिरञ्जीवी गुरागाइँले सोमबार फिल्म स्क्रिनिङसँग नेपाली फिल्मका अभिनेत्रीसँग सामूहिक छलफलको पनि आयोजना गर्न लागेको जानकारी गराएका छन् । चलचित्र विकास बोर्डले ब्रिटिश काउन्सिलसँगको सहयोगमा यो कार्यक्रम गर्न लागेको हो ।
गुरागाइँका अनुसार सञ्चारमन्त्रीले उद्घाटन गर्ने कार्यक्रममा फिल्मको प्रदर्शन पछि नेपाली फिल्ममा महिलाको उपस्थिति चरित्र चित्रणको अवस्था आदि विषयमा पनि सामूहिक छलफल गरिने जानकारी गराएका छन् ।
दिनभर चल्ने कार्यक्रमको पहिलो छलफलमा ‘नेपाली सिनेमामा महिलाको प्रतिनिधित्व : पहिले र अहिले’ शीर्षकमा छलफल हुनेछ भने ‘महिलाका कथा महिलाको वाचन’ शीर्षकमा दिनको दोस्रो छलफल चल्नेछ । निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले सञ्चालन गर्ने पहिलो छलफलमा ‘आमा’की अभिनेत्री भुवन चन्द र ‘कुमारी’की अभिनेत्री चैत्यदेवी र गौरी मल्लको उपस्थिति रहनेछ भने दोस्रो शीर्षकमा हुने छलफलमा दीपाश्री निरौला, रेखा थापा, जया ओझा र ऋचा शर्माको उपस्थिति रहनेछ ।
यो सत्रको सञ्चालन स्नेहा शर्माले गर्नेछिन् । योबाहेक ‘नेपाली फिल्ममा महिला र किशोरीको प्रतिनिधित्व’ शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरिनेछ ।
रिलमा जर्जर अवस्थामा रहेका दुवै फिल्म विकास बोर्डले डिजिटाइज गरेको हो । डिजिटाइज गरेपछि बोर्डले पहिलो पल्ट दुवै फिल्म देखाउन लागेको हो । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम विकास बोर्डको हलमा सञ्चालन हुनेछन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया