अर्जुनकुमार भन्छन् –चलचित्र विकास कम्पनी सरकार मातहत ल्याउने मेरो मुख्य एजेन्डा

काठमाडौं : चलचित्र विकास बोर्डका सदस्य अर्जुनकुमारले चलचित्र विकास कम्पनीलाई बोर्ड मातहत ल्याउने आफ्नो मुख्य एजेन्डा रहने बताएका छन् । उनले आइतबार सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङबाट नियुक्तिको पत्र बुझ्दै सरकारी फिल्म कलेज सञ्चालन गर्न पनि पहल गर्ने बताएका छन् ।
‘हामी चारतिर स्टुडियो खोजिरहेका छौं तर बालाजुमा भएको स्टुडियो अलपत्र छ । बालाजुको कम्पनीलाई सरकार मातहत ल्याएर त्यहीँ स्टुडियो र अन्य पूर्वाधार बनाउन पहल गर्छौं,’ अर्जुनकुमारले इकागजसँग भने ।
अर्जुनकुमारलाई मन्त्री पार्वत गुरुङले शुक्रबार चलचित्र विकास बोर्डको रिक्त स्थानमा नियुक्त गरेका थिए । सोही दिन अर्जुनकुमारसहित प्रकाश भट्टराई र राज कटुवाल पनि रिक्त सदस्यमा नियुक्त भएका थिए । अर्जुनकुमारले अन्य एजेन्डा भने फिल्मकर्मीसँगको छलफल अनुसार तय हुने बताए ।
‘बक्स अफिस लगायतका धेरै कुरा छन् जुन हामीले टुंग्याउनु पर्नेछ त्यो दिशामा पनि काम गर्ने मेरो प्रयत्न रहनेछ,’ अर्जुनकुमारले भने । २०४६ सालपछि शाही चलचित्र संस्थान निजिकरण गरेर चलचित्र विकास कम्पनी बनेको बालाजुस्थित कम्पनी अहिले विभिन्न कम्पनीलाई भाडामा दिएर सानो क्षेत्रफलमा सिमित गरिएको छ ।
२०५० साल मंसिरमा निजिकरण भएको विकास कम्पनीलाई २०६४ सालमा गोपीकृष्ण मुभीजले खरिद गरी सञ्चालनमा ल्याएको थियो । तर, अहिले गोपीकृष्ण मुभीजले कम्पनी निरन्तर घाटामा गएको देखाई अनअधिकृत रुपमा अन्य कम्पनीलाई भाडामा दिएको छ ।
यसअघिका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गोपीकृष्णले नियम विपरित अन्य कम्पनीलाई निगमको जग्गा ३० वर्षलाई लिज दिएको भन्दै विकास कम्पनी सरकार मातहत ल्याउने घोषणा गरेका थिए । उनकै पालामा सञ्चार मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो । यो समितिले रिपोर्ट बुझाइसकेको भए पनि सञ्चारमन्त्रालयले यो रिपोर्ट सार्वजनिक गरेको छैन ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया