दाहाललाई संसदीय दलको नेता मान्न महासचिव गौतमद्वारा अस्वीकार

काठमाडौँ : संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष पुषपकमल दाहाललाई संसदीय दलको नेता मान्न अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष दाहाल, माधवकुमार नेपालसहितका नेताहरू दलको नेता नयाँ चुनिएको जानकारी गराउन महासचिव डा. गौतमको कार्यकक्षमा पुगेका छन् । डा. गौतम भने दलको नेता स्वीकार गरेर दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी परामर्श गरिरहेका छन् ।
नेकपा दाहाल-नेपाल समूहका नेताहरू संसदीय दलको बैठकका निर्णय जानकारी गराउन महासचिवको कार्यकक्षमा पुगेका हुन् । सांसद्हरूले संसदीय दलको नेता नयाँ भएको सूचना दिइए पनि दर्ता नगरेको आरोप लगाएका छन् । नेकपा दाहाल-नेपाल समूहकी नेतृ सांसदु अञ्जना बिसुङ्खे महासचिवले दर्ता नगरेको आरोप लगाइन् ।

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

प्रतिक्रिया