सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

प्रतिनिधि सभा बैठकअघि सभामुख सापकोटासँग दाहाल-नेपालको छलफल

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सभामुख अग्‍निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान ११ बजे सभामुख सापकोटाको कार्यकक्षमा पुगेर दाहाल-नेपालले भेटवार्ता गरेका हुन् । 'आज बिहान ११ बजे भेटघाट सभामुख ज्यू, दाहाल र नेपालबीच भेटघाट भएको छ तर के-के कुरा भयो थाहा भएन' संसद्‌ सचिवालय स्रोतले भन्‍यो ।

प्रतिनिधि सभा बैठक बस्‍नुअघि सभामुख सापकोटासँग अध्यक्षद्वयले गरेको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिनिधि सभाका सातौँ अधिवेशन आजदेखि शुरुवात हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् । सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्‍न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ ।

एउटै पार्टी तर दाहाल-नेपाल समूह र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहको छुट्टाछुट्टै संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेका थिए ।