नेपाल हाइड्रो डेभलपरले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं : नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ । गत बिहीबार बसेको कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष २०७६/०७७ सम्मको साञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २६ अर्बको ११ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
३ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा ० दशालव ७८९५ प्रतिशतले हुने २० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ) बाँड्ने भएको छ । आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गर्ने गरी समितिबाट साधारण सभामा सिफारिश सहित प्रस्ताव पेश गर्ने निर्णय भएको हो । साथै, सञ्चालक समितिको २०७५ पुस ०९ मा बसेको बैठकबाट आर्थिक वर्ष २०७४/०७५ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बौत्तस शेयर वितरण गर्ने निर्णय भएको थियो ।
विशेष कारणवश साधारण सभा हुन नसकेको र सोको लागि सेयर दाखिला खारेजी बन्द समेत नभएकाले उक्त ४ प्रतिशत समेत समावेश रहने गरी माथि उल्लेखित आर्थिक वर्षे २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट उपरोक्त १५ प्रातशत बोनस सेयर प्रस्ताव गरेको कम्पनीले जानकारी दिएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

प्रतिक्रिया