सर्लाहीबाट ६ जुवाडे पक्राउ

जनकपुरधाम : सर्लाहीबाट प्रहरीले नगदसहित ६ जुवाडेलाई पक्राउ गरेका छन् । मंगलबार राति सर्लाहीको बरहथवा नगरपालिका ६ का स्थानीय शम्भु सिंहको घरबाट जुवा खेलिरहेका अवस्थामा ६ जनालाई ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटको नेतृत्वमा खटिएको टोलीले सर्लाहीको बरहथवा नगरपालिका ६ का ४८ वर्षीय शम्भु सिंह, वडा नं. १६ का ३० वर्षीय मनोज राय, वडा नं. ५ का ३८ वर्षीय महमद हुसेन कवाडी, वडा नं. ६ का ४२ वर्षीय राम प्रवेश महतोलाई पक्राउ गरिएको हो ।
प्रवक्ता कुँवरका अनुसार वडा नं. ७ का ३८ वर्षीय दिनेश साह र ५५ वर्षीय रामानन्द दासलाई समेत ६० हजार ९ सय ९५ रुपैयाँ नेपाली र ५ हजार २ सय भारतिय रुपैया सहित पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध अनुसन्धान प्रक्रियाअघि बढाइ सकिएको उनले जनाएको छ ।
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_Grrt13A1bT_f8s2nm1dxtsazwppyw1jvxlec5qvi94pbfdn2xehglkzce4run7jzbedqrna.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

प्रतिक्रिया