विप्लव मैले कोरेको गोरेटोमा आए, अब म पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु : दाहाल
‘ओली कम्युनिष्ट राजनीतिमा कुहिएको अण्डा हुन्’
काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ आफूले कोरेको गोरेटोमा आएको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन कार्यक्रममा अध्यक्ष दाहालले आफू विप्लवलाई छिटै आफ्नै पार्टीमा स्वागत गर्न आतुर रहेको बताए ।
‘विप्लवजी मैले कोरेकै बाटोमा आउनु भएको छ । छिटै यस्तै समायोजन र स्वागत कार्यक्रम गरेर यही पार्टीमा भित्र्याउने पतिक्षा गरेर बसिरहेको छु,’ दाहालले भने, ‘उहाँ मैले नेतृत्व गरेको पार्टीबाट अलग्गिदाको दिनै भनेको थिए । विस्तारै यही बाटोमा आउनुहुन्छ । एउटा कलखण्डमा एउटा मात्रै प्रचण्ड हुन्छ । अन्तत उहाँ प्रचण्डकै बाटोमा आउनु भएको छ । हामी रहेको पार्टी नै आधिकारिक वैज्ञानिक र शक्तिशाली पार्टी हो ।’
दाहालले आफू र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको आफूहरूसँग भएको सांसदहरूको संख्या र केन्द्रीय सदस्यहरूको संख्याले पुष्टि गरिसकेको बताए । ‘आधिकारिक नेकपा हामी हौं भन्ने केन्द्रीय समिति, संसदको संख्याले पुष्टि गर्छ । हामी नै मुलघार हौं भन्ने सावित गर्छ,’ दाहालले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट राजनीतिमा कुहिएको अण्डा भएको दाहालले बताए । ‘विश्वभरका कम्युनिष्ट राम्रा हुन्छन् । तर, उनीहरू विग्रिए भने कुहिएको अण्डा जस्तै हुन्छन् । केपी ओली त्यस्तै कुहिएको अण्डा हुन्,’ दाहालले भने, ‘मानिसले कुहिएको अण्डा खाँदैन । फोहोरको डस्बिनमा फाल्छ । गन्हाउँछ भनेर जमिनमा पुरिदिन्छ । वा जलाउँछ ।’
नेकपामा विमल अधिकारीलगायतका पार्टीमा प्रवेश गरेका थिए ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया