गृहमन्त्री थापा र नेकपा महासचिव चन्दबीच भेटघाट

काठमाडौँ : आफ्ना कार्यकर्ता छुटाउने विषयमा गृहमन्त्री रामबहादुर थापासँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले छलफल गरेका छन् । उनीहरूबीच थापाको सरकारी निवास पुल्चोकमा शनिबार बिहान भेटवार्ता भएको हो । महासचिव चन्दले भेटमा आफ्ना कार्यकर्ता रिहा र अनेकन मुद्दामा रहेका आफ्ना कार्यकर्तालाई स-सम्मान फिर्ता लिन विषयमा छलफल गरेको गृहमन्त्री निकट स्रोतले बतायो ।
शुक्रबार मात्र सरकारसँग तीन बुदे सहमति गरेर सार्वजनिक भएका चन्द र थापाबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी हो । आजै बिहान चन्दले हिरासतमा रहेको नेता हेमन्तप्रकाश ओलीलाई भेटेका थिए ।
सरकारले नेकपाका चन्द समुहलाई प्रतिबन्ध लगाएपछि उनीहरू भूमिगत भएर द्वन्द्वको तयारी गरिरहेका थिए । चन्द समूह चन्दा असुली र पूर्वाधार भत्काउन बम प्रयोग गर्न समेत थालेका थिए ।
लामो समयको वार्तापछि बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो । चन्द शुक्रबार प्रधानमन्त्रीसँग लामो छलफल गरेर प्रधानमन्त्रीकै गाडि चढेर आउँदै राष्ट्रिय सभा गृहमा सार्वजनिक भएका थिए ।

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

प्रतिक्रिया