‘सानो संसार’ पछि पहिलो पल्ट स्क्रिन सेयर गर्दै विनय र नम्रता

काठमाडौं : नम्रता श्रेष्ठ र विनय श्रेष्ठले पहिलो पल्ट ‘सानो संसार’मा सँगै काम गरेका थिए । नम्रता र विनय दुवैको यो पहिलो फिल्म थियो । त्यसयता अभिनयको यात्रामा आआफ्नो बाटो लागेका नम्रता र विनय लामो समयपछि एउटै फिल्ममा देखिन लागेका छन् ।
राजिव गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा नम्रता र विनयले सँगै स्क्रिन सेयर गर्न लागेका हुन् । हाल यो फिल्मको प्रिप्रडक्सनको काम भइरहेको छ । फिल्मको ना मभने बाहिरिसकेको छैन ।
विनय र राजिव यतिबेला फिल्मको लोकेसन हेर्न सिक्किम पुगेका छन् । सिक्किम सरकारले विनय र राजिवसँगै प्रडक्सन म्यानेजर तथा कलाकार अरुण रेग्मीलाई स्वागत गरेको जानकारी गराउँदै उनीहरूले फिल्मको ५० प्रतिशत सुटिङ गर्ने प्रस्ताव राखेको जानकारी गराएका छन् ।
सिक्किमको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माले तीनै जनालाई स्वागत गर्दै सक्दो सहयोग गर्ने आश्वासन दिएकी छिन् । सिक्किमको लोकेसनमा सुटिङ गर्ने विदेशी फिल्मलाई सिक्किम सरकारले अनुदान दिने गरेको छ । यही लोभमा धेरै नेपाली फिल्मकर्मी सिक्किम पुग्ने गरेका छन् ।
म्युजिक भिडियो निर्देशक राजिव गुरुङको यो डेब्यु फिल्म हो । उनले यसअघि पनि नम्रता र कोशिस क्षेत्रीलाई लिएर फिल्म बनाउने चर्चा थियो तर त्यो फिल्म बन्न सकेको थिएन ।विनय पछिल्लो समयमा ‘रोमियो एन्ड मुना’मा देखिएका थिए भने नम्रता ‘जाइरा’मा देखिएकी थिइन् । दुवै आआफ्नो फिल्मका निर्माता पनि थिए ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया