शंकर पोखरेलको नजरमा केपी ओलीका १९ ठूला काम

काठमाडौँ : नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कामको विवरण प्रस्तुत गरेका छन् । पोखरेलले फेसबुकमा लेखेर केपी शर्मा ओलीलाई असाधारण र दूरगामी महत्व भएको बताएका हुन् ।
धेरै काम गरेर पनि ओली घेराबन्दीमा परेको पोखरेलको बुझाई छ । ‘तर पनि यतिबेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदै । सबैपक्ष गंभीर र जिम्मेवार बनौँ ।’
यस्ताे छ १९ कामको लिस्ट
- विश्वास गुमेको अवस्थामा संविधानसभाबाट नयाँ संविधानको निर्माण
- जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना
- भारतिय नाकाबन्दीको सामना र सफलता
- चिनसँगको ऐतिहासिक पारवान संझौतावाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण
- नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि
- सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व
- भारत र चिनसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास
- अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना
- सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती
- पूर्वधार विकासमा तिव्रता
- रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी
- सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम
- विप्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व
- छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण
- तराई मधेसको विकासमा तिव्रता
- प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि
- सडक मानवरहीत अभियानको नेतृत्व
- स्वास्थ पूर्वाधार विकासमा क्रान्ति
- कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी ।
प्रम ओलीका यी कामहरु राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका छन्ः विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ...
Posted by Shankar Pokhrel on Friday, March 5, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया