ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने

काठमडौँ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम नजाने भएका छन् । पार्टी एकता अभियान चलाइरहेका गौतमलाई शुक्रबार साँझ उनकै निवास भैँसीपाटीमा ओलीले संसदीय दलको बैठक आउन निम्तो दिएका थिए ।
‘उहाँ (वामदेव) न केपी शर्मा ओली गुटको बैठकमा जानुहुन्छ, न प्रचण्ड र माधव नेपालको गुटको बैठकमा जानुहुन्छ,’ गौतमनिकट स्रोतले भन्यो, ‘त्यसैले आज हुने भनिएको बैठकमा पनि उहाँ जानुहुन्न । उहाँ त पार्टीलाई कसरी एक बनाएर अगाडि बढाउन सकिन्छ भनेर लागि रहनु भएको छ ।’ आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक बस्दै छ । नेकपाकै दाहाल–नेपाल समूहले शुक्रबार प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई चयन गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

प्रतिक्रिया