५० हजार घूससहित सब-इन्जिनियर पक्राउ

हेटौंडा : हेटौंडाबाट ५० हजार घूस रकमसहित सब–इन्जिनियर नेत्र लामिछाने पक्राउ परेका छन् । पर्यटन विकास आयोजना वाग्मती प्रदेशमा कार्यरत प्राविधिक नेत्र लामिछानलाई शुक्रबार हेटौंडाबाट घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिए ।
पर्यटन विकास आयोजना वाग्मती प्रदेशबाट खटिएका प्राविधिक सव–ईन्जिनियर लामिछानेले भौतिक संरचना निर्माण सम्पन्न भए पश्चात घूस रकम लिएको खुल्न आएको प्रवक्ता भण्डारीले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टालीले लामिछानेलाई पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं ल्याउँदै गरेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया