नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, दाहाल-नेपाल समूहलाई पनि निम्तो

काठमाडौँ : आफैँले विघटन गरेको संसद् पुनःस्थपना भएपछिको पहिलो बैठकको तयारीको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । नेकपाको प्रधानमन्त्री ओली समूहले शनिबार दिउँसो ३ बजेलाई संसदीय दलको बैठक बोलाएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
शुक्रबार नेकपाकै दाहाल-नेपाल समूहको संसदीय दलको बसिसकेको छ । बैठकले पुष्पकमल दाहाललाई संसदीय दलको नेताको रुपमा चयन गरेको छ । नेकपा दाहाल-नेपाल समूहले आफ्नो पक्षमा ११२ जना सांसद रहेको दाबी पनि गरेको छ । दाहाल-नेपालले ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने निर्णय गरिसकेको छ ।
दाहाल नेपाल समूहले संसदीय दलको प्रमुख सचेतक देव गुरुङ नै भएको दाबी गरेको छ भने उता ओली समूहले गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइसकेको छ । संघीय संसद् सचिवालयले पनि भट्टराईको नाम ढड्डामा चढाइसकेको छ ।
आज बस्ने ओली समूहको बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने बताइएको छ । बैठकमा नेकपाका दाहाल–नेपाल समूहका सांसदहरुलाई पनि निम्तो पठाइएको छ । सांसदहरुलाई एसएमएस पठाएर बैठकमा सहभागी हुन भनिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया