एफएनसीसीआईका पूर्वमहानिर्देशक ओझाको निधन

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्व महानिर्देशक बद्रीप्रसाद ओझाको निधन भएको छ । मृगौलाका बिरामी ७४ वर्षे ओझालाई सोमबार राती ग्राण्डी अस्पताल लैजादैं गर्दा निधन भएको हो ।
ओझा सरकारी जागिर छाडेर नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशक बनेका थिए । सरकारी जागिरमा वाणिज्य क्षेत्रमा काम गरेका उनी नेपाल-भारत द्विपक्षीय व्यापार मामिलाका जानकार थिए । २०२९ सालमा तथ्यांक विज्ञका रुपमा जुट विकास समितिमा काम सुरु गरेका ओझाले वाणिज्य मन्त्रालयमा पनि लामो समय काम गरेका थिए ।
सरकारी जागिर छाडेर उनी २०४८ साल साउनदेखि नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरे र २०६३ साउनको सुरुवाततिर महासंघबाट बाहिरिएका हुन् । महासंघमा रहेर उनले आर्थिक उदारीकरणको नीति अबलम्बन गरिएताका निजी क्षेत्रमैत्री कानुनहरुका लागि पृष्ठपोषण दिने काम गरे । महासंघलाई प्रशासनिक रुपमा सुदृढ गर्न महत्वपूर्ण योगदान गरेका ओझाले अमेरिकी सहयोग नियोग (युएसएड) को सहयोगमा कृषि उद्यम केन्द्र स्थापनामा पनि भूमिका निर्वाह गरेका थिए । महासंघका तत्कालीन अध्यक्ष महेशलाल प्रधान र उपाध्यक्ष विनोद चौधरीले उनलाई महासंघमा ल्याएका थिए ।
ओझाले महासंघको संस्थागत विकासका लागि व्यवस्थापकीय नेतृत्वबाट महत्वपूर्ण काम गरेको स्मरण सुनाउँदै चौधरीले भने, ‘महेशलालजी र मैंले उहाँलाई महासंघमा आमन्त्रण गर्यौं । महासंघले दिएको जिम्मेवारीलाई उनले कुशलतापूवर्क निर्वाह गरेका थिए ।’ महासंघको गरिमा र उचाइ बढाउन क्रियाशील ओझाले महासंघमा डेढ दशक बिताएका थिए ।
नेपाल-भारत व्यापारका विज्ञ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वमहानिर्देशक बद्रीप्रसाद ओझाको निधनले मर्माहत भएको छु । दिवंगत ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । pic.twitter.com/Brcy5pGNP1
— Binod Chaudhary (@BinodKChaudhary) November 4, 2020
स्वर्गीय ओझाका श्रीमति, दुई छोरा र एक छोरी छन् ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया