‘कृष्णलीला’ गीतमा एक अर्काको डियर बन्न खोज्दै पुष्प र श्रद्धा
काठमाडौं: चैत २७ गते प्रदर्शन हुन लागेको फिल्म ‘कृष्णलीला’ले दोस्रो गीत सार्वजनिक गरेको छ । शुक्रबार निर्माण टिमले ‘डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक गरेको हो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको छ भनेगीत रचना नारायणप्रसाद बास्कोटाले गरेका हुन् ।
गीतमा पुष्प खड्का र श्रद्धा श्रेत्रीले अभिनय गरेका छन् । गीतका केही भागमा रविन्द्र झा र बुद्धि तामाङ पनि देखिन्छन् । निर्माण टिमले यसअघि अर्जुन पोखरेलकै संगीतमा तयार भएको गीत ‘कुनै दिन यो कथामा’ सार्वजनिक गरेको थियो । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीत टिकटकमा हिट भएको थियो ।
दीपक वलीको निर्देशन रहेको फिल्मलाई लक्ष्मण सुवेदीले लेखेका हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठ मिलेर बनाएको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया